नेपालको मधेश प्रदेश, बारा जिल्लामा अवस्थित निजगढ नगरपालिका यस जिल्लामा रहेका १६ वटा स्थानीय तहहरु मध्येको १ स्थानीय तह र ५ वटा नगरपालिकाहरु मध्येको एक नगरपालिकामा पर्दछ। वि.सं. २०७१ साल वैसाख २५ गते विधिवत् रुपमा नगरपालिका घोषित भएको निजगढ नगरपालिका साबिकको निजगढ गा.वि.स., भरतगंज सिंगौल गा.वि.स. तथा रतनपुरी गा.वि.स. को सम्पूर्ण क्षेत्रहरु गाभिई कायम भएको हो ।
जन्म ,मृत्यु ,बसाई सराई ,बिवाह र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौ ।
आ.व.२०७७/७८ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको (LISA)नतिजा
मिति २०७८।१२।२४ गते नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको सह आयोजनमा सो कार्यालयमा बारा जिल्लाका १६ वटै स्थानीय तहहरूका साथै रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका तथा सर्लाही जिल्ला स्थित
मिति २०७८।१२।२० गते स्मार्ट सिटीको अवधारणा अनुरूप निजगढ नगरपालिकामा जि.आई.एस. मा आधारित मेट्रिक ठेगाना प्रणाली (Metric Addressing Systems) लागू गर्ने सम्बन्धमा निजगढ नगरपालिकाका प्रमुख श्री सुरेश कुमार खनालको अध्यक्षतामा यस नगरपालिकाका वडा अध्यक्षहरू
मिति २०७८।१२।२२ गते निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयद्वारा सो कार्यालयका कर्मचारीहरूका साथै वडा कार्यालयका वडा सचिवहरूका लागि अनलाइन बेस्ड दर्ता सिफारिस प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो।
मिति २०७८।१२।२२ गते निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको कृषि शाखाद्वारा निजगढ नगरपालिकाका कृषकहरूका लागि आयोजना गरिएको जैविक मलको प्रयोग सम्बन्धी स्थलगत अवलोकन सहितको ४ दिने तालिम कार्यक्रमको शुभारम्भ गरियो।